
नवीनकुमार खतिवडा
चरिकोट/जिल्ला समन्वय समिती दोलखाको कार्यालय भवन शिलान्यास गरिएको छ।
विज्ञापनका लागि उपलब्ध
तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।
सोमबार एक कार्यक्रमका बिच राष्ट्रिय सभाका सदस्य एवं नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य घनश्याम रिजालले भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धर सहितको उपस्थितिमा भवन शिलान्यास गर्नुभएको हो।

जिसस भवनको शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछाप द्वारा ४ करोड ९२लाख ४ हजार ९८३.०१ (पि.एस. र मु.अ.कर सहित) रकममा सम्पन्न गर्ने गरि निर्माण व्यवसायी सनस्टार यती जे.भी.संग सम्झौता गरिएको छ।
जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर जिसस उपप्रमुख दोर्जी शेर्पा,समन्वयअधिकारी,समन्वय समितीका सदस्यहरु को उपस्थिति रहेको थियो।
२०८३।०९।१६ सम्म सम्पन्न गर्ने गरि आयोजना २०८२ असारमा सम्झौता गरिएको हो।

प्रतिक्रियाहरू (०)
अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
Nabin Kumar Khatiwada
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
