आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

बी.पी.स्मृति दिवसको अवसरमा दोलखामा ‘ग्रीन रन’ हुने

दोलखा/ ४४औँ बी.पी. स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ दोलखाले नन्दप्रसाद जानुका फाउन्डेसनसँगको सहकार्यमा ‘ग्रीन रन’ (Green Run) प्रतियोगिता आयोजना गर्ने भएको छ। स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र…

KD
Kedar Dahalverified| काठमाडौं
जुलाई २०, २०२६, १६:४८•अपडेट: जुलाई २०, २०२६
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुलाई २०, २०२६
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
बी.पी.स्मृति दिवसको अवसरमा दोलखामा ‘ग्रीन रन’ हुनेphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

दोलखा/ ४४औँ बी.पी. स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ दोलखाले नन्दप्रसाद जानुका फाउन्डेसनसँगको सहकार्यमा ‘ग्रीन रन’ (Green Run) प्रतियोगिता आयोजना गर्ने भएको छ। स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र हरित सोचको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता साउन ६ गते चरिकोट, दोलखामा सञ्चालन हुनेछ।

ग्रीन रनमा दुई विधा समावेश गरिएको छ। पहिलो, अन्तरविद्यालय स्तरीय दौड, जसमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। दोस्रो, खुला प्रतियोगिता, जसमा सबै उमेर समूहका इच्छुक व्यक्तिहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

अन्तरविद्यालयस्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। खुला प्रतियोगितामा दौड पूरा गर्ने सबै सहभागीलाई विशेष सम्मान गरिने व्यवस्था गरिएको छ।
करिब ३ किलोमिटर लामो दौड सातदोबाटो–धेवापानी–सिमपानी–डुडिखेल–बजार क्षेत्र हुँदै पुनः सातदोबाटो पुगेर सम्पन्न हुनेछ।

सहभागीहरूले बिहान साँढे ७ बजेभित्र नाम लेखाई खेलाडी नम्बर (स्टिकर) लिनुपर्नेछ भने दौड बिहान ८ बजे सुरु हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ।प्रतियोगिताको मूल नारा “स्वस्थ शरीर, स्वच्छ वातावरण; हरियो सोच, उज्ज्वल भविष्य” रहेको छ।
आयोजकले वातावरण संरक्षण, स्वस्थ जीवनशैली र सामाजिक सचेतनाको सन्देश प्रवाह गर्ने यस कार्यक्रममा विद्यार्थी, युवा तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य