फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

चीन र भारत मिलेपछि विश्व शक्ति एसिया केन्द्रित,पश्चिमा शक्ति कमजोर

काठमाडौ/चीनमा सम्पन्न सांघाई सहयोग संगठन ( एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै  विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरुले बताएका छन। सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल-…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
सेप्टेम्बर ३, २०२५, १२:२३•अपडेट: सेप्टेम्बर ३, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: सेप्टेम्बर ३, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
चीन र भारत मिलेपछि विश्व शक्ति एसिया केन्द्रित,पश्चिमा शक्ति कमजोरphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

काठमाडौ/चीनमा सम्पन्न सांघाई सहयोग संगठन ( एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै  विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरुले बताएका छन।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल- चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा  फ्रेन्डस अन क्लाउडले गरेको कार्यक्रममा उनीहरूले चीन- भारत एकताको लाभ नेपालले उठाउन सक्नुपर्ने बताएका हुन ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहाल, जापानका लागि नेपालका पूर्व राजदूत डा. बिष्णुहरि नेपाल,द्वन्द्व विशेषज्ञ डा. बिष्णुराज उप्रेती, एमालेका विदेश विभाग सदस्य गोपाल खनाल र  क्लाउडका अध्यक्ष शोभित उप्रेतीले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटवार्ता र प्रस्तुतीकरण कुटनीतिक क्षेत्रमा कोशेढुंगा सावित भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले उठाएको सीमा विवादको सन्दर्भलाई चिनियाँ पक्षले नोटमा लिएको दाबी गर्दै उनीहरूले त्यसको परिणाम समयक्रममा देखिने धारणा राखे ।

भारत र चीनको एकतामा रुसपनि एकसाथ रहेकाले पश्चिमा शक्ति कमजोर हुँदै गएको उनीहरुको ठहर छ । एससीओ सम्मेलनपछि एसियामा विकासको गति पनि तीव्र हुने उनीहरूको विश्वास छ । नेपालको समग्र विकासमा चीन र भारतको महत्त्वपूर्ण योगदान रहेकाले नेपालले कुटनीतिक कौशलता र सशक्त संवादमार्फत सीमा लगायतका समस्या समाधान गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्रधानमन्त्रीले विदेशी भूमिमा देशको पक्षमा अठान लिएकाबेला देशभित्र केही दल र नेताहरूले अनावश्यक भ्रम र हल्ला गर्नु दु:खद भएको उनीहरूले बताए । प्रधानमन्त्रीले जलवायु, कृषि, विकास, पूर्वाधार लगायत विश्व जगतका साझा मुद्दा पनि सम्मेलनमा उठाएको जानकारी उनीहरूले दिए ।

ट्यागहरू:#Madhab Kumar Nepal#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य