फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

पत्रकार पुडासैनीकाे “वर पिपलु” गीतकाे भिडियो सार्वजनिक

केदार दहाल हेटौंडा/ पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् सार्वजनिक गरिएको हो । गीतमा…

KD
Kedar Dahalverified| काठमाडौं
अक्टोबर ७, २०२५, १९:३३•अपडेट: अक्टोबर ७, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अक्टोबर ७, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
पत्रकार पुडासैनीकाे “वर पिपलु” गीतकाे भिडियो सार्वजनिकphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

केदार दहाल

हेटौंडा/ पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छिन् ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ ।

गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो ।

गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ । प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव र पछुतोको गहिरो अनुभूतिलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्रै होइन, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीतलाई झल्काइएको छ ।

गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिको रुपमा चित्रण गरिएको छ । विछोडपछिको पश्चाताप पनि कहिलेकाहीँ प्रेमकै गहिरो प्रमाण बन्छ भन्ने शन्देश बोकेको यस गीतलाई आजको युवा पुस्ताको कथाको रुपमा हेरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य